×

TUNGOON

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्समाथि लखनउको सानदार जित


काठमाडौं । वैशाख १२ गते
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार आठौं हार व्यहोरेको छ । गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्ससँग ३६ रनले पराजित हुँदै मुम्बईले लगातार आठौं हार व्यहोरेको हो ।लखनउले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।मुम्बईका लागि कप्तान रोहित शर्माले ३९ रन बनाएका थिए भने तिलक वर्माले ३८ रन जोड्दा केइरन पोलार्डले १९ रन जोडेका थिए ।

लखनउका कुर्नाल पान्डयले ३ तथा जासन होल्डर, आयुस बाडोनी, रबि बोस्नाई र मोशिन खानले १र१ विकेट लिएका थिए ।त्यस्तैलखनउका कप्तान केएल राहुलले अविजित रहदै १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए भने मनिस पाण्डेले २२ रन जोड्दा आयुसले १४ रन बनाएका थिए ।मुम्बईका केइरन पोलार्ड र रिले मेरेडिथले २,२ विकेट लिए का थिए भने ।यससँगै जारी सिजन लखनउले पाँचौ जित निकालेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला