×

TUNGOON

कांग्रसले पोखरा महानगरपालिकाका ११ वटा वडामाउम्मेदवार टुंग्यायो


काठमाडौं । वैशाख १२ गते
नेपाली कांग्रसले पोखरा महानगरपालिकाका ११ वटा वडामा मात्र उम्मेदवार टुंग्याएको छ । पोखरामा कुल ३३ वटा वडा रहेकामा २२ वटा वडामा उम्मेदवार टुंग्याउन बाँकी छ । तर, मनोनयन दर्ताको आज अन्तिम दिन हो ।

कांग्रेसलाई गठबन्धनका कारण उम्मेदवार टुंग्याउन सकस परेको छ ।कांग्रेसले पोखरा १ मा सीता गुरुङ, ४ मा देवकृष्ण पराजुली, ८ मा शारदा गिरी, ९ मा दीपेन्द्र मर्सानी, १० मा राजकुमार गुरुङलाई वडाध्यक्षको टिकट दिएको छ ।पोखरा ११ मा प्रेम कर्माचार्य, १२ मा सन्तोष बाँस्तोला, १३ मा किरण बराल, १७ मा देवराज आचार्य, १८ मा शिव तिमिल्सिना र २० मा महेन्द्र अधिकारीलाई उम्मेदवार बनाइएको छ । क्षेत्रीय समिति बैठकले उम्मेदवार टुंग्याएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला