×

TUNGOON

उम्मेदवारलाई पहिला राम्रोसँग चिन्छौ, अनि चुन्छौ – धनगढीका मतदाता


काठमाडौं । बैशाख १४ गते
१६ दिनपछि देशभर स्थानीय तहको निर्वाचन हुँदै छ । आइतबार र सोमबार उम्मेदवारी दर्ता गरेका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सहदस्यहरु आ(आफ्नै तरिकाले चुनावी गतिविधि गरिरहेका छन् । धेरै उम्मेदवार घरदैलो अभियानमा सक्रिय छन् । आफ्ना एजेण्डा मतदातामा पुर्‍याउन उम्मेदवारको भ्याइनभ्याइ हुँदा धनगढीका मतदाता भने यसपटक सचेत बनेका छन् ।

गाउँमा राजनीतिक दलका एजेण्डा बोकेर उम्मेदवार आइरहेका र सबैले राम्रै एजेण्डा ल्याएका धनगढी–५ तारानगरका स्थानीय विश्व अधिकारीले बताए । तर अब एजेण्डा हैन व्यक्ति हेरिने र काम गर्न सक्ने नयाँ सोच भएका व्यक्तिलाई भोट दिने उनी बताउँ छन् । पटक–पटक दललाई भोट दिँदा धनगढीको विकास नभएको भन्दै उनले अब आस्थाका आधारमा नभई जुन पार्टीले योग्य उम्मेदवार उठाएको छ, उसैलाई भोट दिने बताए ।

धनगढी–१० का स्थानीय जीवन रेग्मी पनि अब मतदाता सचेत बन्नु पर्ने बताउँछन् । ‘दललाई आस्था छ भन्दैमा आँखा चिम्लेर भोट हाल्न नहुँने उनको भनाई थियो । उनले स्थानीय स्तरमा हामीलाई योग्य र जनताका आकांक्षा बुझ्ने नेता चाहिएको बताए । सबैले क्षमतावान उम्मेदवारलाई भोट हाल्नु पर्ने आफ्नो टोलमा सबैले हाम्रा तथा आस्थाका आधारमा नभई विकासप्रति कटिबद्ध र योग्य उम्मेदवारलाई भोट हाल्नेबारे छलफल गरेको उनी बताउँछन् ।धनगढी–१३ का मतदाता पनि यस पटक सचेत बनेका छन् । चुनावका बेला ठूला–ठुला आश्वासन दिएर चुनाव जितेपछि गाउँमा फर्केर नआउने नेतालाई आफुहरुले चिनिसकेको बताउँछन् ।

धेरै नेता चुनाव जितेपछि पाँच वर्षसम्म गाउँमै नआएको भन्दै उनले त्यसता नेतालाई भने अब नपत्याइने बताए । टोलमा विकास प्रेमी नेता छान्नु पर्छ भन्ने बहस नै चलेको र आफुहरु भने उम्मेदवारको पर्खाइमा बसेको बताउँदै पहिला चिन्ने अनि चुन्ने बताए । वडा नम्बर–१३ कै स्थानीय जगत विकले पनि धनगढीको विकास गर्न सक्ने, विपन्न नागरिकको अभिभावक बन्न सक्ने, सबै नागरिकलाई समान व्यवहार गर्न सक्ने नेतालाई भोट दिने योजना बनाएको बताए । स्थानीय जनप्रतिनीधि छनौट गर्दा पार्टीको आस्थाका आधारमा नभई राम्रो उम्मेदवारलाई भोट दिइने उनी बताउँछन् ।

धनगढी–४ की अम्बिका जोशीले मदिरा र मासुमा भुल्ने मतदाता सचेत हुनुपर्ने सुझाव दिइन् । ‘अघि पछि राम्रो नेता छान्छौं भन्दै सबैले बहस गर्छन्,’ उनले भनिन्, ‘तर अन्तिममा विभिन्न प्रलोभनमा परेर मतदाता पनि प्रभावित हुने गरेका देखिन्छन्, व्यक्तिगत प्रलोभनमा नपरेर समग्र नगरको भविश्य हेर्नुपर्ने देखिन्छ ।धनगढी उपउहानगरपालिकाको मेयरमा यस पटक गठबनधनबाट उम्मेदवारी दिएका निपबहादुर वड, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द र स्वतन्त्रतर्फ उम्मेदवारी दिएका गोपाल हमाल बीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

स्वतन्त्र उम्मेदवार गोपाल हमाल यसअघि नृपबहादुर वड सँग २७ सय मतान्तरले पराजित हुँदा नेकपा उमालेका उम्मेदवार दुर्गा जोशी चौथौ स्थानमा थिए । तर यसपटक भने एमालेले पनि उम्मेदवारी छनौटमा सन्तुलन मिलाएको छ । एमालेबाट उप मेयरमा उम्मेदवारी दिएकी चन्द कला रानाले राना थारूका भोट तान्न सक्ने आंकलनका कारण एमाले पनि बलियो अवस्थामा देखिन्छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला