×

TUNGOON

प्रशिक्षक अब्दुल्लाहको व्यवहारप्रति कप्तान किरणकुमार लिम्बू असन्तुष्ट


काठमाडौं । बैशाख १५ गते
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेको बताएका छन् ।खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विबाद बाहिर आएसँगै किरण आफ्ना सहकर्मीको पक्षमा देखिएका हुन् ।हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका किरणले राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति आफु असन्तुष्टि रहेको बताए ।

यसअघि एसियन कप २०२३ छनोटका लागि खेलाडी राखिएको होटेलको बिषयमा रक्षक रोहित चन्दले प्रशिक्षक अब्दुल्लाहसंग कुरा राख्दा उनले टिमबाट निकाल्ने प्रयास गरेसँगै अन्य ९ खेलाडीले सहमति जनाउदै होटेल सहित टिम अभ्यास सत्र छाडेका थिए ।यस्तै किरणले जायज माग उठाउदा क्याम्प नै छोड्न लगाउनु सहि नभएको र आफू खेलाडी पक्षमा रहेको धारणा राखेका हुन् ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला