×

TUNGOON

श्रमिकको संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध –प्रधानमन्त्री देउवा


काठमाडौं । बैशाख १८ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै संविधानप्रद्धत अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

१३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले निष्कृष्ट प्रकारको श्रम अभ्यासलाई अन्त्य गर्न श्रमिकको संगठित हुन पाउने अधिकार र सामूहिक सौदाबाजी गर्न पाउने अधिकारलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको बताएका छन् ।

श्रमिकको एकता र संघर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको उनको भनाइ छ । ‘मर्यादित श्रम, सुरक्षित रोजगारस् विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सरकारले श्रमिक दिवस मनाउँदैछ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला