×

TUNGOON

जसपा ललितपुर निर्वाचन क्षेत्र नम्बर –१ को गठबन्धनबाट बाहिरियो (विज्ञप्ति सहित )


काठमाडौं । बैशाख गते
यहि बैशाख ३० गते आसन्न स्थानीय निर्वाचन हुँदै छ । निर्वाचन नजिकिदै गर्दा गठनबन्धमा जोडिने तोडिने होड चलेको छ । त्यस्तै केन्द्रिय गठबन्धनको मर्म भावना र एकलौटी निर्णय गरेको भन्दै जनता समाजवादी पार्टी नेपाल, ललितपुर निर्वाचन क्षेत्र न.ं–१ समन्वय समिति (गोदावरी नगरपालिका र वागमती,महाङ्काल र कोन्ञ्योसोम गाउँपालिका ) बाट बाहिरिएको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त निर्वाचन क्षेत्रबाट बाहिरिएको जानकारी दिएको छ । ललितपुर जिल्ला र त्यस अन्तर्गतका गठबन्धनका घटकहरुमध्ये नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र ) ले कुनै किसिमको तालमेल नगरी अहंकार र अलोकतान्त्रिक तरिकाले एकलौटी रुपमा नियर्ण गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै गठबन्धनमा जोडिए पछि एक आर्कासँग सल्लाह र तालमेल गरेर अगाडी बढ्नु पर्ने तर कांंंग्रेस र माओवादी केन्द्रले एकलौटी निर्णर्य गरेर केन्द्रिय गठबन्धनको मर्म र भावना विपरित गएर गरेकाले गठबन्धनबाट बाहिरिएको विज्ञप्तीमा भनिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला