×

TUNGOON

युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोलबाट दर्जनौं नागरिकको उद्दार


काठमाडौं । बैशाख १९ गते
युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोलबाट दर्जनौं नागरिकलाई उद्दार गरिएको छ । मारिओपोलस्थित एउटा उद्योग परिसरमा फसेकामध्ये केहीको उद्दार भएको हो । रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौं सर्वसाधारण पुगेको बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा ठूलो समूह युक्रेनको नियन्त्रणमा रहेको जापोरिज्जियातर्फ लागेको बताएका छन् । जेलेन्स्कीले करिव एक सय जनाको पहिलो समूह नियन्त्रित क्षेत्रतर्फ प्रस्थान गरिसकेको ट्विट गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘भोलि सोमबा हामी उनीहरूलाई जापोरिज्जियामा भेट्ने भदै टोलीलाई धन्यवाद दिएका छन् । राष्ट्रसंघले शनिबार नागरिकहरूलाई बाहिर निकाल्न ‘सेफ प्यासेज अपरेसन’ सुरु भएको पुष्टि गरेको छ । सो कार्यमा रेडक्रसको पनि संलग्न थियो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला