×

TUNGOON

सुविश्वसनीय डिजिटल नेपाल निर्माणको अभियानमा सबैले हातेमालो गर्नुपर्छ –प्रधानमन्त्री देउवा


काठमाडौं । बैशाख १९ गते
सुरक्षित र विश्वसनीय डिजिटल नेपाल निर्माणको अभियानमा सबैले हातेमालो गर्दै अघि बढ्न प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् ।प्रधानमन्त्री देउवाले चौंथो राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस २०७९ का अवसरमा शुभकामना दिँदै सञ्चार तथा सूचना प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामहरूको रूपान्तरण गर्न सकिने विचार राखेका हुन ।

मानव जीवनलाई सहज र समृद्ध बनाउन सञ्चार तथा सूचना प्रविधिको तीव्र विकास एक महत्तवपूर्ण आयाम भइसकेकाले सञ्चार तथा सूचना प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सकिने उनको भनाइ छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को विषम परिस्थितिमा सञ्चार तथा सूचना प्रविधिको माध्यमबाट कार्य अगाडि बढाउन सचेतना बढाई अधिकतम उपयोग समेत भएको शुभकामना सन्देशमा उनले भनेका छन् ।सञ्चार तथा सूचना प्रविधिको प्रयोगमा अभिवृद्धि गर्दा सोको गुणस्तर कायम गर्न र यसबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्नु जरूरी भइसकेको समेत उनले उल्लेख गरेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला