×

TUNGOON

आज सुनको मुल्यमा गिरावट


काठमाडौं । बैशाख १९ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ९८ हजार दुई सय कायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजावी सुनको मुल्य तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला