×

TUNGOON

नेपाली टिमले आज जिम्बावे ए विरुद्ध प्रतिस्पर्धा गर्दै


काठमाडौं । बैशाख २१ गते
आज नेपाली राष्ट्रिय क्रिकेट टिमले पाहुना टोली जिम्बावे ए विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।नेपालले तेस्रो टी(ट्वान्टी अन्तर्गत आज जिम्बावे ुएु विरुद्ध खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ए बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।नेपाल र जिम्बावेबीचको दोस्रो टी–ट्वान्टी भने वर्षाले रद्द भएको थियो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ए सँग सिरिज खेलिरहेको हो।टीट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला