×

TUNGOON

चुनावी सभालाई सम्बोधन गर्न आज विराटनगर जाँदै प्रधानमन्त्री देउवा


काठमाडौं । बैशाख २१ गते
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज मोरङको विराटनगर जाँदैछन्।विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । वैशाख २२ गते चितवनको भरतपुरमा, २३ गते काठमाडौंमा,२४ गते रुपन्देहीको बुटवल,तनहुँको दमौली र धनुषाको जनकपुरमा, २५ गतेकास्कीको पोखरा र दाङको तुलसीपुरमा, २६ गते कैलालको धनगढीमा र २७ गते डडेल्धुरामा सभा हुँने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला