×

TUNGOON

लमजुङका बागी उम्मेदवारलाई कांग्रेसद्वार कारबाही


काठमाडौं । बैशाख २५ गते
स्थानीय तह निर्वाचनमा लमजुङमा कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कारबाही गरिएको छ । कांग्रेस र पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ र द्वारिकाप्रसाद मिश्र कारबाहीमा परेका हुन् ।

श्रेष्ठले बेसीशहर नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका थिए । श्रेष्ठ र उनको प्रस्तावक र समर्थकलाई कांग्रेसको संशोधित विधान अनुसार साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको कांग्रेस लमजुङ सभापति डा. टकराज गुरुङले बताए । मिश्रले सुन्दरबजार नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला