×

TUNGOON

मनाङको नार्पाभूमिको गाउँपालिका अध्यक्षमा कांग्रेसका लामा निर्वाचित


काठमाडौं । बैशाख ३१ गते
हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनी १ सय ५८ मत ल्याएर गाउँपालिकाका अध्यक्ष बनेका हुन् ।प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत मात्र पाए ।

कोन्जो तेन्जिङ यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए । पछि कांग्रेस प्रवेश गरेका उनलाई कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएको हो ।उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा यसअघि नै निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताए ।नार्पाभूमिमा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत खसेको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला