×

TUNGOON

रसुवाको आमाछोदिङमो गाउँपालिकाअध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी


काठमाडौं । जेठ २ गते
रसुवाको आमाछोदिङमो गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएको हो ।अध्यक्षमा बुचुङ तामाङ १ हजार ४३० मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फर्पुसिंगी तामाङले १ हजार ३४५ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ १ हजार ३८१ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी एमालेकी नविना लामाले १ हजार २२३ मत प्राप्त गरिन् ।२०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा बुचुङ तामाङले नै जितेका थिए ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला