×

TUNGOON

इलामको रोङ गाउँपालिका २ मा कांग्रेसका बागीले जिते वडाध्यक्ष


काठमाडौं । जेठ २ गते
इलामको रोङ गाउँपालिका २ मा नेपाली कांग्रेसका बागी उम्मेदवारले वडाध्यक्ष जितेका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका चन्द्रशेखर घिमिरेले वडाध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरेले ४४५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिष्प्रधी नेकपा एमालेका उम्मेदवार पूर्ण तामाङले ४३१ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार निवर्तमान वडाध्यक्ष टेकबहादुर तामाङले ४२२ मत पाएका छन् ।महिला सदस्यमा एमालेकी नानु तामाङ, दलित महिलामा नेपाली कांग्रेसकी बालकुमारी लकान्द्री निर्वाचित भएका छन् । खुला सदस्यमा एमालेका इन्द्रप्रसाद कुइँकेल र माधव प्रसाद सुवेदी बिजयी भएका छन् ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला