×

TUNGOON

महालक्ष्मी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी


काठमाडौं । जेठ ७ गते
ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा हरि गोविन्द श्रेष्ठ र उपमेयरमा लक्ष्मी महर्जन निर्वाचित भएका भएका हुन् ।

मेयर उम्मेदवार हरि गोविन्द श्रेष्ठ ९ हजार ३५० मतसहित विजयी भएका छन् । उनका प्रत्यासी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका नकुल थापाले ३ हजार ८९१ र राप्रपाका प्रविण खत्रीले २ हजार ५९३ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन ९ हजार ५९१ मतसहित निर्वाचित भएकी छन् । उनका प्रत्यासी नेकपा एमालेकी उम्मेदवार विणा सुवेदीले ८ हजार ६८३ र राप्रपाकी उम्मेदवार रामदेवी महर्जनले २ हजार ६२४ मत पाएका छन् ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला