×

TUNGOON

आजदेखि बजेटमा सैद्धान्तिक छलफल सुरु हुँदै


काठमाडौं । जेठ १७ गते
आजदेखि प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । आज बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला