×

TUNGOON

एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दै


काठमाडौं । जेठ १८ गते
आज एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया जाँदै । १९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया जाँन लागेको हो । छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार नै कार्यक्रम गरी विदाई गरेको छ छनोट खेल मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म हुनेछ ।

एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ । नेपालले पहिलो खेल जेठ २० मा कतारसँग खेल्नेछ । छनोटमा नेपालसँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला